प्रिष्ठ भुमि

प्यूठान जिल्ला साविकको धर्मावती गा.वि.स. वडा नं. १ हाल प्यूठान नगरपालिका वडा नं. ८ बाग्दुलामा तत्कालिन स्थानीय समाजसेवी, शिक्षाप्रेमी, बुद्धिजीवी, अभिभावक, राजनैतिककर्मी तथा आम जनताको सक्रिय भूमिका र आर्थिक सहयोगमा २०१४ साल फागुन १३ गते आपको बगैचामा यस विद्यायल स्थापना भएको थियो । यो विद्यालय स्थापना कालमै कक्षा १ – १० संचालन भइ जिल्लाकै पहिलो पटक २०१५ सालको एस. एल.सी. परीक्षामा विद्यार्थी सम्मिलित भएका थिए । यो विद्यालय २०१६ सालमा नै हु. प्र.​ बाट स्वीकृत भएको र शिक्षा ऐन २०२८ को संशोधन २०५८, शिक्षा नियमावली २०५९ अनुसार आ.व.२०६०/०६१ मा विद्यालय व्यवस्थापनको जिम्बेबारी विद्यालय व्यवस्थापन समितिले लिएको सामुदायिक विद्यालय र विद्यालय स्तरीयकरणमा 'क' श्रेणीमा परेको थियो । तत्कालिन उच्च माध्यमिक शिक्षा परिषद्बाट आ.व. २०६३/०६४ मा सम्बन्धन लिइ शिक्षा, मानवीकि र व्यवस्थापन विषयहरुको ११ र १२ कक्षा सञ्चालन हुँदै आएको छ । यसरी यस विद्यालयमा कक्षा नर्सरी देखि कक्षा १२ संचालन हुनुको साथ साथै बाल विकास केन्द्र, सुस्तमनस्थितिको स्रोत कक्षा, २०६७ देखि खुला विद्यालय र प्राविधिक तथा व्यावसायिक तालिम परिषद् (CTEVTE) बाट सम्बन्धन प्राप्त एनेक्स कार्यक्रम अन्तरगत जुनियर कम्प्यूटर टेक्नेसियन (JCT) र हाल TECS अन्तरगतको SEE उत्तीर्ण गरेका विद्यार्थीहरुको लागि १८ महिने प्राविधिक शिक्षा को कक्षा पनि २०६८ देखि संचालन गरिएको छ ।

विद्यालयको दूरदृष्टि, लक्ष्य र​ उद्देश्य

जनता मा.वि.को सेवा क्षेत्रभित्रका विद्यालय उमेरका सबै बालबालिकाहरुको गुणस्तरीय शिक्षमा समन्यायिक​ पहुंच सुनिश्‍चित गरी नमुना विद्यालयको रुपमा स्थापित हुनेछ।

उद्देश्य

विद्यालयको दुरदृष्टि प्राप्तिका लागि निम्‍न उद्देश्यहरु तय गरिएको छ।

  • विद्यालय सेवा क्षेत्रका सबै बालवालिकाहरु विद्यालयमा भर्ना भई अध्ययन पूरा गर्ने वातावरण तय गर्न अभिभावक शिक्षा दिने
  • खुद भर्ना प्रतिशत, शिक्षक विद्यार्थी अनुपात, छात्राहरुको खुद भर्ना प्रतिशत, शिक्षक, विद्यार्थीको औसत उपस्थिति, कक्षागत उत्तीर्ण प्रतिशत, जातिगत उत्तीर्ण प्रतिशत, कक्षा दोहोर्‍याउने प्रतिशत, कक्षा छाड्ने दर र विषयगत सिकाई उपलब्‍धिको वर्तमान अवस्थामा सुधार गर्न रणनीतिक​ योजना तयार गर्ने
  • स्वच्छ खानेपानी र शौचालयको व्यवस्था र दिगो व्यवस्थापन गर्न आवश्यक बजेट व्यवस्था गर्ने
  • विद्यालयमा पक्कि घेराबार, फुलबारी तथा करेसाबारी व्यवस्था गर्ने
  • बालमैत्री कक्षा कोठा, प्रत्येक कक्षामा Book Corner र पठनपाठनमा Computer प्रविधिको प्रयोग गर्ने
  • कक्षा १ देख १० सम्म सञ्चालित अग्रेंजी माध्यमबाट अध्यापन गर्ने कार्यलाई निरन्तरता दिने
  • सक्रिय सिकाइका लागि शैक्षिक सामग्री र वालकेन्द्रित शिक्षण विधिहरुकोप्रयोग हनुेछ
  • विद्यालय व्यवस्थापन प्रकृया सुधारका लागि जिम्मेवारी विकेन्द्रीकरण र उत्तरदायित्व पूर्ण गराउने
  • शिक्षक स्टाफहरुको मनोवल उच्च राख्‍न प्रोत्साहन योजना बनाइ लागू गर्ने
  • विद्यालय स्रोतबाट त.भ. खाने शिक्षककर्मचारीहरुका सेवा सुविधा तथ तथा वृत्तिविकासका लागि कोषको खोजी गरिने छ
  • विद्यालयको सम्पूर्ण शैक्षिक क्रियाकलापमा समुदायको सहयोग र सहभागिता सुनिश्‍चित गर्ने
  • शैक्षिक समस्याहरु पहिचान र समाधान गर्न भेला, अन्तरक्रिया, गोष्ठी, छलफलको निरन्तर आयोजना गर्ने
  • लेखा र स्टोरको कार्य प्रक्रिया व्यवस्थित राखी आर्थिक पारदर्शिता कायम गर्न लेखा व्यवस्थापन तालिम दिने
  • उपयुक्त भौतिक शैक्षिक र वाह्य वातावरण कायम गरी विद्यार्थीहरुको सिकाई उपलब्धि स्तर उच्च बनाइने छ
  • विद्याललाई समुदाय विकासको केन्द्रको रुपमा विकास गरी सामाजिक परिवर्तनको वाहकको भूमिका निर्वाह गर्न स्थास्थ्य चेतना, पोषण, प्राकृतिक विपत्ति सम्बन्धि सचेतना र्‍याली आयोजना गर्ने
  • विपत व्यवस्थापन योजना कार्यान्वयन गरी सम्पूर्ण विद्यार्थीहरुलाई सुरक्षित महशुस गराउन संकेत राख्‍ने, प्रवचन र र्‍याली आयोजना गर्ने र विपतमा सहयोग गर्ने निकायको फोन नं. राख्‍ने
अधिक जानकारी को लागी, यो फाईल डाउनलोड गर्नुहोस् - विद्यालय विवरण २०७६